नेपालबाट विशेष गरी पश्चिमतर्फ उड्ने कैयौँ विमानहरूलाई अहिले आउजाउ गर्न समय र खर्च थपिएको छ।

भारत र पाकिस्तानले एकअर्काका विमानसेवाविरुद्ध आफ्नो हवाई क्षेत्र प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् भने क्षेप्यास्त्र तथा अन्य जोखिमका कारण कतिपय अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले पाकिस्तानको आकाशमार्ग छलेर आफ्ना सेवा सञ्चालन गर्न थालेका छन्।

सामान्य समयमा नेपालको आकाश छाडेपछि भारत र पाकिस्तानमाथि हुँदै उड्ने गरेका कैयौँ विमानसेवालाई अब त्यो विकल्प जोखिमपूर्ण बनेकाले घुमाउरो मार्ग रोज्नुपर्ने अवस्था आइपरेको विज्ञहरूले बताएका छन्।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय