काठमाडौं । विश्वभरका बुद्धिस्टहरुको आस्थाको केन्द्र लुम्बिनीको भैरहवामा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ कम्पनीले ढिलासुस्ती र बेवास्ता गर्दा नेपालाई ठूलो क्षति भएको छ ।
चिनियाँ कम्पनीहरूले नेपालका अन्य परियोजना निर्माण कार्यमा समेत ढिलासुस्ती गरिरहेको छ ।
बौद्ध धर्मालम्बीहरूको आकर्षणको केन्द्र भनिएको लुम्बिनीमा बन्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमा नबन्दा ठूलो आर्थिक क्षति पुगेको छ ।
बुद्ध पूर्णिमामा विमानस्थल सञ्चालनको लक्ष्यसहित काम अघि बढेको तथा अध्यागमन, क्वारेन्टाइन, भन्सार, मौसम विभाग तथा सुरक्षा निकायका अधिकारीहरूसँग छलफल भइसकेको बताइए पनि समयमा नै बस्न नसक्ने स्थिति आएको छ ।
सरकारले सन् २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनसँग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार सन् २०१७ डिसेम्बर ३१ सम्म विमानस्थलको आईसीभी १ अन्तर्गतका भौतिक पूर्वाधारका सबै काम सक्नुपर्ने थियो । तर चिनियाँ कम्पनीको लापरबाहीका कारण कम्पनीले समयमा काम नसकेपछि समय थप्दै सन् २०१९ डिसेम्बर सम्ममा निर्माणको काम सक्नुपर्ने म्याद दिइएको थियो ।
नेपालमा समयमै विमानस्थल नबन्दा यसको प्रत्यक्ष लाभ भारतको उत्तरप्रदेशस्थित कुशीनगर विमानस्थलले उठाएको भएको छ । लुम्बिनीसँगै जोडिएको भारतीय भूमिमा बनेको कुशीनगर विमानस्थल मंगलवारदेखि नियमित उडान गर्न थालेको छ ।
भारतका नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले विमानस्थलको उद्घाटन गरेका हुन् । गत वर्ष जुन महिनामा केन्द्रीय मन्त्रिपरिषद्ले कुशीनगर विमानस्थलको अन्तर्राष्ट्रिय सुविधाको रूपमा अनुमोदन गरेको थियो र यसो भन्दै एयरपोर्टले महत्त्वपूर्ण बौद्ध तीर्थस्थललाई राम्रो सम्पर्क प्रदान गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पुरीका अनुसार भारतको यस कदमले यस क्षेत्रको पर्यटन उद्योगलाई प्रोत्साहन दिनुका साथै भगवान् बुद्धले महापरिनिर्वाण प्राप्त गरेको सहरमा प्रत्यक्ष हवाई सम्पर्कको सुविधा प्रदान गरी बौद्ध सर्किटमा यात्रा गर्न सहयोग पुग्नेछ ।
हाल राज्यमा २ अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालन भइरहेका छन् । जसमा चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थल उत्तर प्रदेशको राजधानी, लखनऊमा र लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल वाराणसीमा निर्माण भइरहेका छन् ।
विमानस्थलमा दैनिक जापान, थाइल्याण्ड, म्यानमार, कम्बोडियाजस्ता देशका करीब २ हजारदेखि ३ हजारसम्म तीर्थयात्रीहरू नेपाल आउनसक्ने अपेक्षा गरिएको छ । मि ििडया डबलि बाट
काठमाडौं – विश्वभरका बुद्धिस्टहरुको आस्थाको केन्द्र लुम्बिनीको भैरहवामा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ कम्पनीले ढिलासुस्ती र बेवास्ता गर्दा नेपालाई ठूलो क्षति भएको छ ।