डाक्टर ली वेनलियाङ, एक ओप्थामोलोजिस्ट कहानीबाट वुहानमा सरकारी संस्थाले कोरोना भाइरसको संक्रमण फैलिएको सुरुवाती अवस्थामा कसरी गैरजिम्मेवारी तरिकाले काम गरेका थियो भन्ने थाहा हुन्छ । डिसेम्बर महिनामा डा. वेनलियाङ कोरोना संक्रमण सुरु भएको स्थानमा काम गर्थे डिसेम्बर महिनामा नै उनलाई भाइरसबाट संक्रमित हुने सात जना मानिसहरु देखिएका थिए जुन झट्ट हेर्दा सार्स भाइरसजस्तो देखिन्थ्यो सार्स सन् २००३ मा फैलिएको महामारी थियो तर यसको सटटा् चिन प्रशासनले उनलाई समाजिलमा संजालमा पोस्ट नगर्न धम्की दिएको थियो

विश्वमा सबैभन्दा पहिला कोरोना भाइरस (कोभिड–१९) को विषयमा चेतावनी दिने चिनियाँ डाक्टर ली वेनलियाङको मृत्यु भएको एक वर्ष भइसकेको छ । विश्वभर वेनलियाङको एक हिरोको रुपमा चर्चा भएको थियो । तर, कोरोना भाइरसकै कारण उनको मृत्यु भएको थियो ।

उनको स्वास्थ्यावस्थाको विषयलाई चिनियाँ सञ्चारमाध्यमहरुमा विरोधाभाषपूर्ण समाचारहरु आइरहेका थिए । तर, गत महिना वेनलियाङले काम गर्ने गरेको र उनको उपचार भइरहेको वुहान अस्पतालले वेनलियाङको मृत्यु भइसकेको बताएको थियो ।३४ वर्षीय वेनलियाङले सन् २०१९ को डिसेम्बरको अन्तिम दिनमा आफ्ना साथी डाक्टरलाई संक्रमण फैलिएको विषयमा जानकारी दिएका थिए । तर, यसको तीन दिनपछि प्रहरी उनको घरमा गएर उनलाई यस्तो जानकारी दिन रोक्न चेतावनी दिएको थियो ।

त्यसपछि वेनलियाङ काममा फर्किए । उनी काममा फर्किँदा कोरोना संक्रमित रहेको बताइएको छ । कोरोना भाइरससँग संघर्ष गर्दागर्दै मृत्यु हुनुभन्दा तीन साता अघिसम्म उनी अस्पतालमा थिए ।

वेनलियाङले गत वर्ष जनवरी महिनामा नै अस्पतालको शय्याबाटै आफ्नो कहानी सामाजिक सञ्जाल वीबोबाट पोस्ट गरेका थिए । उनले आफ्नो कहानीमा लेखेका थिए, ‘सबैलाई नमस्कार, म डाक्टर ली वेनलियाङ, एक ओप्थामोलोजिस्ट हुँ र वुहान सेन्ट्रल हस्पिटलमा काम गर्छु ।’

उनको कहानीबाट वुहानमा सरकारी संस्थाले कोरोना भाइरसको संक्रमण फैलिएको सुरुवाती अवस्थामा कसरी गैरजिम्मेवारी तरिकाले काम गरेका थिए भन्ने थाहा हुन्छ । डिसेम्बर महिनामा डा. वेनलियाङ कोरोना संक्रमण सुरु भएको स्थानमा काम गर्थे । उनी कोरोनाको केन्द्रमा थिए । डिसेम्बर महिनामा नै उनलाई भाइरसबाट संक्रमित हुने सात जना मानिसहरु देखिएका थिए । जुन झट्ट हेर्दा सार्स भाइरसजस्तो देखिन्थ्यो । सार्स सन् २००३ मा फैलिएको महामारी थियो । साथै यसको संक्रमण पनि धेरै मुलुकमा फैलिएको थियो ।

कोरोना संक्रमण वुहानको हुआनन समुद्री खानाको बजारसँग सम्बन्धित मानिएको थियो र सबै बिरामी वेनलियाङको अस्पतालमा क्वारेन्टिनमा थिए । डिसेम्बर ३० मा उनले एक च्याट ग्रुपमा आफ्ना साथी डाक्टरहरुलाई एक सन्देश पठाए । उनले यो संक्रमण फैलिन सक्ने चेतावनी दिए र सबैलाई संक्रमणबाट बच्न प्रोटेक्टिभ कपडा लगाउन आग्रह गरे ।

त्यतिबेला वेनलियाङलाई यो पूर्णरुपमा नयाँ रोग हो भन्ने थाहा थिएन । यो नयाँ कोरोना भाइरस हो र यसको त्रास पूरा विश्वभर फैलिनेछ भन्ने कुरामा उनी अनविज्ञ थिए ।

त्यसको चारदिनपछि उनलाई पब्लिक सेक्युरिटी ब्युरोमा बोलाइयो । जहाँ उनलाई एक पत्रमा हस्ताक्षर गर्न लगाइयो । उक्त पत्रमा उनलाई ‘गलत बयान दिएको’ आरोप लगाइएको थियो, जसको कारण ‘सामाजिक शान्ति नराम्रोसँग बिग्रिएको’ आरोप लगाइएको थियो ।

पत्रमा लेखिएको थियो, ‘हामी तपाईंलाई चेतावनी दिन्छौं कि यदि तपाईं अझै पनि जिद्दी गर्नुहुन्छ र यो गैरकानुनी गतिविधि जारी राख्नुहुन्छ भने तपाईंमाथि कानुनी कारबाही हुनेछ । तपाईंले बुझ्नुभयो ?’

त्यसको मुनि वेनलियाङको हस्ताक्षरमा लेखिएको थियो ‘अँ, मैले बुझेँ ।’

वेनलियाङ ‘अफवाह फैलाएको’ आरोपमा अनुसन्धान भइरहेका आठ मानिसमध्येका एक थिए । जनवरी २०२० को अन्तिममा वेनलियाङले सामाजिक सञ्जाल वीबोमा उक्त पत्रको एक प्रति पोस्ट गर्दै आफूमाथि भएको घटनाको बारेमा जानकारी दिएका थिए । जनवरीको सुरुको सातामा वुहानका अधिकारीले जनावरको सम्पर्कमा आएका मानिसमा मात्र कोरोना संक्रमण देखिएको बताएका थिए । उनीहरुले यो संक्रमण मानिसबाट मानिसमा नसरेको बताएका थिए ।

यस्तो सोच राख्नु कति ठूलो गल्ती हो भन्ने अहिले हामी सबैलाई थाहा छ । त्यसैले डाक्टरहरुलाई संक्रमणबाट बच्न कुनै निर्देशिका जारी गरिएको थिएन । तर, प्रहरीसँग भेटेपछिको एक सातामा नै वेनलियाङ एक महिलाको उपचार गरिरहेका थिए । तर, उनलाई ती महिला कोरोना संक्रमित हुन् भन्ने थाहा थिएन ।

वेनलियाङले आफूलाई जनवरी १० मा खोकी लाग्न थालेको उल्लेख गरेका छन् । त्यसको अर्को दिन उनलाई ज्वरो आयो र दुईदिनपछि अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आयो । उनका मातापिता पनि बिरामी परे र अस्पतालमा भर्ना भए । यसको १० दिनपछि २० जनवरीमा चीनमा स्वास्थ्य आपतकाल घोषणा गरियो र यसको दुई महिनापछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि यसलाई विश्वव्यापी महामारी घोषणा गर्‍यो ।

सुरुवाती क्रममा कोरोना परीक्षण पनि भरोसायोग्य थिएन । वेनलियाङका अनुसार कोरोना भाइरसको परीक्षणमा प्रत्येकपटक नेगेटिभ नतिजा आएको थियो । ३० जनवरीमा वेनलियाङले वीबोमा पोस्ट गर्दै अन्ततः कोरोना पोजेटिभ आएको बताएका थिए । उक्त परीक्षण न्युक्लिक एसिड टेस्टिङबाट गरिएको थियो । उनको यो पोष्टको धेरैले समर्थन गर्दै कमेन्ट गरेका थिए । मानिसहरुले वेनलियाङको समर्थन गर्दै उनलाई मुलुकको हिरो भएको बताएका थिए । उनीहरुले मुलुकमा स्वास्थ्य सेवाको लागि सुरक्षित वातावरण सुनिश्चित गर्न वेनलियाङको आवश्यकता रहेको बताएका थिए ।

त्यसको केही दिनपछि फेब्रुअरी ७ मा वेनलियाङको मृत्यु भएको थियो । उनी केवल ३४ वर्षका थिए । वेनलियाङको मृत्युसँगै सामाजिक सञ्जाल वीबोमा मानिसहरुले आफूहरुलाई बोल्ने स्वतन्त्रता चाहिएको र वुहान सरकारले वेनलियाङसँग माफी माग्नुपर्ने आवाज उठाएका थिए । एक प्रयोगकर्ताले लेखेका थिए, ‘तपाईंहरुले कस्तो महसुस गर्नुभयो भन्ने नबिर्सिनुहोस्, यो आक्रोशलाई नबिर्सिनुहोस् । हामीले यस्तो घटना दाहोरिनुदिनुहुँदैन ।’

यस किसिमको आक्रोश बढेपछि सरकारले धेरै केमेन्टमा सेन्सर लगाएको थियो । तर, पछि चिनियाँ सरकारले उक्त डाक्टरप्रति सहानुभूति राखेर दुःखी हुनु स्वाभावित थियो भन्ने मनन गर्‍यो ।

एक वर्षपछि वेनलियाङको मुख्य पोस्टमा १० लाखभन्दा धेरै कमेन्ट आएका छन् । धेरै मानिसहरु वेनलियाङ को हुन् भन्ने जान्न पनि उनको सामाजिक सञ्जालसम्म पुगेका छन् । वेनलियाङ एक सन्तानका पिता थिए भने अर्को सन्तान जन्मिनेवाला थियो ।

अहिले मानिसहरु उनको पेजमा गुड मर्निङदेखि मौसम तथा आफ्नो जिन्दगीसँग सम्बन्धित जानकारी शेयर गर्न पुग्ने गरेका छन् । केही मानिसहरुले आफ्नो प्रेम कथा र डिप्रेसनजस्ता व्यक्तिगत कहानी पनि उनको पेजमा शेयर गरेका छन् ।

यद्यपि उनको मृत्यु भएको एक वर्षम चीनले जसरी कोरोना भाइरस नियन्त्रण गर्न सफल भयो, त्यसपछि धेरै कमेन्टमा मानिसहरुले आशा व्यक्त गरेका छन् । अहिले वुहानमा जिन्दगी सामान्य भइसकेको छ । तर, वेनलियाङले कोरोना भाइरसले संसार नै यसरी बदलिन्छ भनेर सायदै कल्पना गरेका थिए होला । साभार – अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय